Saturday, February 10, 2024

वंश, वंशाणु र क्रम विकास


 

 

वंश, वंशाणु र क्रम विकास

 

क्रम विकास:

पृथ्वीमा रहेका विभिन्न जीवहरू यही रूपमा उत्पत्ति भएका होइनन, यी जीवको विकास एकैपटक नभई क्रमिकरुपमा त सरल जीवबाट क्रमशः विकास हुँदै वर्तमान अवस्थासम्म आइपुगेका हुन भन्ने सिद्धान्तलाई क्रम विकासको सिद्धान्त भनिन्छ । जीवहरुको विकास क्रमको अध्ययन पत्रे चट्टानमा पाइने अवशेषको अध्ययनबाट गरिन्छ । जीवावशेष सम्बन्धि अध्ययन गर्ने विज्ञानलाई प्यालेन्टोलोजी भनिन्छ । जीवावशेषमा रहेको कार्वन तत्व र यसको आइसोटपहरुको अध्ययन गरी अवशेषको आयु निर्धारण गरिन्छ, यस विधिलाई कार्वन डेटिङ्ग भनिन्छ ।

मानिसको क्रम विकास:

सबैभन्दा पहिले समुद्रमा एक कोषीय जीवको उत्पति बहुकोषीय जीव तन्तु, अंग प्रणाली भएका जीवढाड नभएका जीवढाड भएका जीव३२ करोड वर्ष पहिलो माछाको उत्पति१९ करोड वर्ष पहिले पंक्षी१६ करोड वर्ष पहिले स्तनधारी १ करोड ५० लाख वर्ष पहिले पहिलो मानव प्रोप्लियोपिथेकस रामापिथेकस अष्ट्रेलोपिथेकस होमोइरेक्टस नियाण्डारथल होमो स्थापियन्स (हालको मानिस) ।

सबैभन्दा प्राचीन मानवपूर्वजको रुपमा एक करोड ५० लाख बर्ष अघिको मानिएको केन्यामा प्राप्त

 Propliopithecus लाई मानिन्छ । मानवको सबैभन्दा प्राचीन रुप रामापिथेकस हो ।

नेपालको बुटवलको तिनाउ खोलाको छेउमा १ करोड १० लाख बर्ष पुरानो रामापिथेकसको बंगाराको खोज डा. जे.एच.हाचिसन वि.सं.२०३७ मा गरेका थिए । रेमण्ड ए. डार्टले दक्षिण अफ्रिकामा फेला पारेको एउटा बालकको खप्परलाई अष्ट्रेलोपिथेकस नामाकरण गरेको थिए । फ्रान्सको मुस्तेर भन्ने ठाउँमा पाइएका अवषेशलाई मुस्तेर मानव भनिन्छ ।

आजभन्दा करिब २५/३० हजार बर्ष अगाडिको होमेसेपिये मानवका अवषेशहरु अमेरिका, अफ्रिका, अष्टे«लिया, युरोपमा पाइएको छ । घरपालुवा जनावरको रुपमा कुकुर पाल्ने पहिलो मानव होमोसेपिये नै हो ।

 Ths Siwalik (Churia) belt of Dang is the same belt, where the fossilized form of the early human ancestors, the Ramapithecus was found at the Butwal Siwalik Range. A fossil of Ramapithecus were found in a place near Butwal, Lumbini Zone of Western Nepal in December 1980. It was discovered by Dr J.H. Hutchinson, G.E.Lewis and L.S.B. Leakey. The Ramapithecus has been studies from the piont of view of the development of Hominid and it has been proved that the Ramapithecus is the first in this chain, which existed about 14 million to 8 million years ago. Robert M.West first undertook the geological study of Dang valley from the American museum and teh Department of Mines of HMG, Nepal in 1976.

 

लेमार्कको सिद्धान्त

क्रमविकासको सिद्धान्त सर्वप्रथम प्रतिपादन गर्ने वैज्ञानिक लेमार्क हुन् । उनले पहिलेका जीवहरू विस्तारै विकसित हुँदै गएर हालको जीवहरूको उत्पत्ति भएको हो भन्ने व्याख्या गरेका छन् ।

लेमार्कको सिद्धान्त अनुसार:-

१) जीव माथि वातावरणीय प्रभाव

२)अंगको उपयोग र अनुपयोग

३)आर्जित गुणको हस्तान्तरण

डार्बिनको सिद्धान्त

क्रम विकासका विभिन्न सिद्धान्तहरू मध्ये डार्विनको सिद्धान्त एक प्रमुख सिद्धान्त हो । डार्बिनको सिद्धान्तलाई प्राकृतिक छनोटको सिद्धान्त वा डार्विनको विकासवाद पनि भनिन्छ । उनको सिद्धान्तका प्रमुख बुँदाहरू यस प्रकार रहेका छन् ।

१. प्रत्येक जीवमा प्रशस्त सन्तान उत्पादन क्षमता भए पनि जीवको जनसंख्या झण्डै यथावत् रहन्छ ।

२.बाँच्नको लागि संघर्ष गर्नुपर्दछ : जीवको संघर्ष खाना, वासस्थान र प्रजननका लागि हुन्छ ।

३.सक्षम नै बाँच्न सक्दछन् : जीवले बाँच्नको लागि खाना, शत्रुबाट बच्न, रोग विरुद्ध लड्न वातावरण अनुकूल हुन सक्नुपर्दछ । यस प्रक्रियामा सफल हुनेहरू आफ्नो अस्तित्व रक्षा गर्दछन् र बाँच्न सफल हुन्छन् ।

४. प्राकृतिक छनोटः प्रकृतिले समय अनुकुल विकसित जीवलाई मात्र बाँच्न सक्षम तुल्याउँछ । जुन जीव समय अनुकूल विकास हुन सक्दैनन्, तिनीहरू लोप हुँदै जान्छन् । कुन जीव बाँच्ने र कुन जीव लोप हुने भन्ने कुरा प्रकृतिले नै निर्धारण गर्दछ ।

५. परिवृत्ति र वंशज: परिवृत्ति भनेको एउटै प्रजातिको बीचका रहेको फरकपन हो । वंशाणुगत गुण र वातावरणीय प्रभावका कारणले जीवमा परिवृत्ति ल्याउँछ जुन नयाँ सन्ततिमा सर्दै जान्छ । पूर्वजबाट नयाँ सन्ततीमा सर्ने गुणहरू नै वंशजका गुणहरू हुन् ।

६. नयाँ जातिको उत्पत्ति: जीवले परिवृत्तिबाट प्राप्त गरेका गुणहरू प्रत्येक सन्ततिमा हस्तान्तरण हुँदै जाँदा अन्त्यमा पूर्खाभन्दा फरक प्रजाति देखापर्दछ र नयाँ जातिको उत्पत्ति हुन्छ ।

क्रम विकास सिद्धान्तका प्रमाणहरू

१. अवशेषबाट प्राप्त प्रमाण: पहिलेका जीवहरू मरेर सडेर पृथ्वीमुनि चट्टानको रूपमा रहेको बाँकी अवस्था नै अवशेष हुन । यी अवशेषको अध्ययनले क्रमविकासको सिद्धान्तलाई पुष्टि गर्दछन् ।

२. तुलनात्मक शरीर रचनाबाट प्राप्त प्रमाणः विभिन्न जीवको शारीरिक बनावटको अध्ययन गर्दा पाइने समानताबाट जीवको सृष्टि एउटै सरल पूर्वजबाट क्रमशः विकास हुँदै आएको पुष्टि हुन्छ । आकार र उत्पत्ति एवं आन्तरिक संरचना समान तर बेग्लाबेग्लै काम गर्ने अंगलाई सजातिय अंग (Homologus Organs) भनिन्छ ।

३. भ्रुन सम्बन्धी प्रमाणः विभिन्न जीवको भु्रणको अध्ययन गर्दा पाइने समानताबाट प्राप्त प्रमाण ।

४. अवशेषाङ्गाबाट प्राप्त प्रमाणः कतिपय जीवमा कायम रहेका तर कुनै विशेष कार्य नभएका अंगहरूलाई अवशेषाङ्ग भनिन्छ । धेरै पहिलेको पूर्वजमा रहेका यस्ता अंगहरू क्रियाशील थिए तर हाल क्रियाशील नभएर पनि उपस्थित छन् । पूर्वजमा क्रियाशिल तर अहिले लुप्त एवं क्रियाहीन अवस्थामा रहेका अंगहरुलाई अवशेषांग (Vestigeal Organ) भनिन्छ । जस्तैः मानिसमा हुने एपेण्डिक्स, शरीरका रौ आदि ।

५. भौगोलिक वितरण: भौगोलिक वितरणबाट एउटै पुर्खाबाट बनेका सन्तति स्थान अनुसार फरक हुँदै गएको प्रमाण प्राप्त हुन्छ।

६. दुई वर्ग बीचको जनावरबाट प्राप्त प्रमाणः कुनै जीवहरू दुई वर्गका गुणहरू बोकेर रहेका हुन्छन् न तिनीहरूलाई तल्लो वर्गमा राख्न सकिन्छ न माथिल्लो वर्गमा । जस्तैः प्लेटीपस भन्ने जन्तु फुल पार्दछ तर बच्चालाई दुध चुसाउँछ । त्यसैले चरा र स्तनधारी बीचमा पर्ने यस्तो जीवले पनि क्रम विकासको सिद्धान्तलाई पुष्टि गर्दछ । वर्गिकरणका दुई समूहहरुको साझा गुण देखाउँने जीवहरुलाई ब्रीज एनिमल (Bridge Animal) भनिन्छ ।

वंशाणु

वंशजका बारेमा अध्ययन गर्ने विज्ञानलाई जनन् विज्ञान (Genetics) भनिन्छ । अष्ट्रियाका पादरी ग्रेगर मेण्डल लाई वंशज विज्ञान (Genetics)  का पिता भनिन्छ । जीवको कोषको न्यूक्लियसमा रहेको क्रोमोजोम भित्र रहने सूक्ष्म तत्व जसले पुर्खाका गुणहरू नयाँ सन्ततीमा हस्तान्तरण गर्दछन त्यसलाई वंशाणु भनिन्छ । वंशाणु डि.एन.ए. बाट बनेको हुन्छ ।वंशाणुको मौलिक बनावट र कार्य बारे खोजी गर्न जीन म्यापिङ्ग प्रविधिको प्रयोग गरिन्छ ।

वंशाणुगत गुणहरू

आमावावुवाट नयाँ सन्ततीमा सर्न सक्ने गुणहरूलाई वंशाणुगत गुणहरू भनिन्छ ।

जन्मोत्तर लक्षण

आमावावुवाट प्राप्त नभएका तर जीवले आफ्नो जीवनकालमा आर्जन गरेका गुणलाई जन्मोत्तर लक्षण भनिन्छ ।

मेण्डलको प्रयोग

जीवहरूका सन्तानहरूमा वंशाणुगत गुणहरू कसरी सर्दै जान्छन् भनि मेण्डलले फरक गुण भएका केराउका विरुवा बीच गरेका प्रयोगलाई मेण्डलको प्रयोग भनिन्छ । उनीले दुई फरक गुण बीच क्रस परागसेचन गराइ पहिलो नतीजा प्राप्त गरे भने सो प्रकृयावाट उत्पादित विरुवा बीच पुन स्वपरागसेचन गरी दोश्र्रो वंशको नतीजा प्राप्त गरे । त्यसैगरी दुई वा दुईभन्दा फरक गुणको बीचमा कस्तो नतिजा प्राप्त हुन्छ भनी एकै साथ प्रयोग गरे र प्रत्येक गुण स्वतन्त्र रूपले सर्दछ भन्ने पुष्टि गरे ।

मेण्डलले आफ्नो प्रयोगका लागि केराउका विरुवा नै छान्नुको कारणहरू

1) केराउको विरुवामा विभिन्न प्रकारका गुणहरू पाइनु ,

2) केराउको जीवन चक्र छोटो हुनु ,

3)  केराउको फुल उभईलिङ्गी भएकोले स्व प्रजनन हुन सक्नु ।

4)  आवश्यकता अनुसार परप्रजनन गराउन सकिनु ।

5)  केराउवाट एकै पटक धेरै सन्तती उत्पादन गर्न सक्नु आदि ।

मेण्डलले आफ्नो प्रयोगका लागि केराउका विरुवाका निम्न लिखित सातवटा लक्षणहरू छानेका थिए ।

1. lj?jfsf] prfO — cUnf (T) / xf]rf (t)

2. km"nsf] :yfg — sfkdf (A) / 6'Kkf] (a)

3. sf];fsf] /Ë — xl/of] (G) / kFx]nf] (g)

4. sf];fsf] cfsf/ — k'i6 (I) / v'lDrPsf] (i)

5. ljpsf] cfsf/ — uf]nf](R) / rfpl/Psf] (i)

6. km"nsf] /Ë — v}/f] (B) / ;]tf] (b)

7. ljpsf] /Ë — kFx]nf (Y) / xl/of] (y)

 

मेण्डलको नियमहरू

1) प्रवलताको नियम

2 ) लैंगिक शुद्धताको नियम

3 ) स्वतन्त्रताको नियम

१ प्रवलताको नियम

मेण्डलको प्रवलताको नियम अनुसार एउटा फरकफरक शुद्ध गुण भएका जीवहरूका बीच परप्रजनन गराउँदा पहिलो वंशमा एउटा गुण मात्र देखा पर्दछ र अर्को गुण लुप्त रहन्छ यसैलाई प्रवलताको नियम भनिन्छ । पहिलो वंशमा देखापर्ने गुणलाई प्रवल गुण र दविएर रहेको गुणलाई लुप्त गुण भनिन्छ । जस्तै: अग्लो र होचो केराउबीच परपरागसेचन गराउँदा पहिलो वंशमा सवै अग्ला केराउ देखिनु प्रवल गुण हो भने होचा नदेखिनु लुप्त गुण हो ।

प्रवल गुण र लुप्त वा दबिएको गुण

प्रत्येक जीवहरूमा स्वतन्त्ररूपमा रहेका केहि व्यक्तिगत गुणहरू हुन्छन जुन एक वंशवाट अर्को वंशमा सर्दै जान्छन् । यी फरक गुण भएका दुई मातापिता बीच पर प्रजनन गराउँदा पहिलो वंशमा एउटा गुण देखापर्दछ भने अर्को गुण दविएर रहन्छ । जुन गुण देखापर्दछ त्यसलाई प्रवल गुण र जुन गुण देखापर्दैन त्यसलाई लुप्त गुण भनिन्छ । जस्तैः कालो मुसार सेतो मुसाबीच परप्रजनन गराउँदा पहिलो वंशमा सवै कालो देखिनु प्रवल गुण हो भने सेतो नदेखिनु लुप्त गुण हो ।

मनोहाइव्रिड क्रस र डाइहाइव्रिडक्रस

एउटामात्र फरक गुण भएको जीवहरू बीच परप्रजनन गराउने प्रकृयालाई मनोहाइव्रिड क्रस भनिन्छ । जस्तै: कालो र सेतो मुसाबीच गरिने प्रजनन । दुईवटा फरक फरक गुण भएका जीवहरूबीच गरिने परप्रजननलाई डाइहाइव्रिड क्रस भनिन्छ । जस्तै: पँहेलो गोलो वीउ र हरियो चाउरिएको वीउ भएको केराउ बीच गरिने परपरागसेचन ।

ठिमाहा

दुई फरक गुणहरू भएको एउटै प्रजातिका जीवहरूको संयोगवाट उत्पन्न भएको जीवलाई ठिमाहा भनिन्छ । जस्तै: अग्लो र होचो केराउवाट निस्केको पहिलो वंशको अग्लो केराउ ठिमाहामा एउटा गुणमात्र देखापरे पनि मातापिता दुवैका गुणहरू रहेका हुन्छन् ।

फिनोटाइप र जिनोटाइप

जीवको बाहिरी रूपमा बाहिरवाट देखापर्ने गुणलाई फिनोटाइप भनिन्छ । कुनै पनि जीवको बनावट अनुसारको गुणलाई जिनोटाइप भनिन्छ । जस्तै : cUnf] TT / xf]rf] tt s]/fpaLr k/k/fu;]rg u/fpFbf klxnf] j+zdf b]vfkg{] ;j} cUnf] s]/fp Tt aflx/jf6 x]bf{ cUnf] b]]lvg' lkmgf]6fOk u'0f xf] eg] To;sf] hLgsf] agfj6 l7dfxf Tt  रहनु जिनोटाइप हो ।


२ लैंगिक शुद्धताको नियम

कुनै पनि आमा र वावुमा भएका दुई भिन्नाभिन्नै जीन (वंशाणु)हरू तिनीहरूको सन्तानमा सर्दछन र अन्यसँग सम्पर्क नभएसम्म आफ्नो मौलिकता नगुमाइ यथावत रहेका हुन्छन जुन ग्यामेट वन्ने प्रकृयामा एक आपसमा नमिसीकन छुट्टीएर गई फरक ग्यामेटमा फरक फरक गुण रहन पुग्छन् जसवाट प्रत्येक ग्यामेट शुद्ध रहन पुग्दछ अर्थात एउटा मात्र गुण वोकेको ग्यामेट पैदा हुन्छ, प्रवल या लुप्त । यसैलाई लैङ्गिक शुद्धताको नियम भनिन्छ । मेण्डलले शुद्ध अग्लो र शुद्ध होचो केराउ बीच परपरागसेचन गराउँदा पहिलो वंशमा सवै अग्लो केराउ पाइए र यसरी पाइएका पहिलो वंशका अग्ला केराउमा स्वसेचन गराउँदा दोस्रो वंशमा तीन भाग अग्ला र एक भाग होचा केराउहरू पाइयो । तीन भाग अग्ला मध्ये एक भाग शुद्ध अग्ला, दुई भाग ठिमाहा अग्ला देखापरे । यसरी पहिलो वंशमा सवै अग्ला देखिए पनि पछिल्ला वंशमा दुवै गुण देखापर्नु वाट ती गुणहरू एक आपसमा छ्यासमिस नभई ग्यामेट वन्ने प्रकृयामा शुद्ध रूपले नै हस्तान्तरण हुँदै जान्छन् भन्ने वुझिन्छ ।

३ स्वतन्त्रता गुण प्रसारणको नियम (Law of Independent Assortment)

विभिन्न फरक गुण भएका मातापिता बीच क्रस गराउँदा बन्ने सन्ततीहरूमा ती फरक गुणहरू स्वतन्त्र रूपले सर्दछन् अर्थात् ती गुणहरू सर्दा एउटा गुणले अर्को गुणको सराइलाई असर पार्दैन, यसैलाई स्वतन्त्रताको नियम भनिन्छ । मेण्डलको स्वतन्त्र गुण प्रसारणको नियमलाई पुष्टि गर्न दुर्ई वा दुर्ई भन्दा फरक गुण वीच परप्रजनन गर्नुपर्दछ । दुर्ई दुर्ई फरक गुणवीच गरिने परप्रजननलाई डाइहाइव्रीड क्रस र दुर्ईभन्दा बढी फरक गुणबीच गरिने क्रसलाई पोलीहाइव्रीड क्रस भनिन्छ । मेण्डलले स्वतन्त्र गुण प्रसारणको नियम पुष्टि गर्न डाइहाव्रिड क्रस गरेका थिए ।

uf]nf] k+x]nf] 9

uf]nf] xl/of] 3 9:3:3:1

rfp/LPsf] k+x]nf] 3

rfp/LPsf] xl/of] 1

T H Morgan ले मेण्डलको नियमको प्रयोग ड्रोसोफिला भन्ने झिँगामा गरेका थिए ।


 

परिवृति

यस संसारमा रहेका एउटै प्रजातीका जीवहरू बीचमा पनि केही न केही फरकपना रहेको हुन्छ । एउटै आमावावुवाट जन्मेका सन्ततीहरूमा पनि केहिन केही फरकपना पाइन्छ जसका कारण तिनीहरू एक अर्कामा फरक देखिन्छन , यसैलाई परिवृति भनिन्छ । परिवृतिलाई मूख्य दुई भागमा वाँड्न सकिन्छ ।

१. वंशाणुगत परिवृति : एक वंशवाट अर्को वंशमा वंशाणुवाट सर्दै गएको परिवृतिलाई वंशाणुगत परिवृत्ति भनिन्छ ।

२. वातावरणीय परिवृत्ति :वंशाणुगत रूपले एकैप्रकारका जीवहरू पनि फरक वातावरणमा हुर्कदै जाँदा देखिने विभिन्नतालाई वातावरणीय परिवृत्ति भनिन्छ।

उत्परिवर्तन

पूर्वजवाट सरेर नआएको तर नयाँ सन्ततीमा अकस्मात देखापर्ने नयाँ गुणलाई उत्परिवर्तन भनिन्छ । जस्तै : कुनै मानिसको हातको औँलाको संख्या वढी हुनु ।


         DNA

RNA

 

·       DNA qmf]df]hf]ddf kfOG5 .

·       DNA df b'O{j6f TofGb|fx¿ x'G5g\ .

·       o;n] j+zf0f'ut u'0fx¿ ;fg{] sfd u5{ .

·       of] l8cS;L/fOjf]h ;'u/jf6 jg]sf] x'G5 .

·       o;df gfO6«f]hg a]; rf/ k|sf/sf x'G5g\ M

·       Adenine, Thymine, Guanine and Cytosine.

·       Adenine n] Thymine ;Fu / Guanine n] Cytonine ;Fu hf]8L agfpF5 .

 

·        

·       RNA d"Vo ;fO6f]KnfHddf kfOG5 .

·       RNA df Pp6f dfq TofGb«f x'G5 .

·       o;n] k|f]6Lg ;+Zn]if0fdf efu lnG5 .

·       of] /fOjf]h ;'u/jf6 jg]sf] x'G5 .

·       o;df gfO6«f]hg a]; rf/ k|sf/sf x'G5g\ M

·       gfO6«f]hg a];df Adenine, Guanine, Cytosine / Uracil x'G5 .

 नाइट्रोजन बेसको क्रम फरक फरक हुने भएकाले विभिन्न जातिका जीवहरु तथा एउटै जातिका जीवहरु बीचमा भिन्नता आउँछ ।

वंश, वंशाणु र क्रम विकास

    वंश , वंशाणु र क्रम विकास   क्रम विकास: पृथ्वीमा रहेका विभिन्न जीवहरू यही रूपमा उत्पत्ति भएका होइनन , यी जीवको विकास एकैपटक नभई ...