Thursday, December 27, 2018

समास प्रक्रिया

३) समास प्रकृया :
 ( दुई वा दुई भन्दा बढी स्वतन्त्र अर्थयुक्त शब्दहरू को मेल भई नँया शब्द निर्माण हुने प्रक्रिया )
६ प्रकार:
१. तत्पुरुष
२. कर्मधार्य
३. दिगु
४. द्वन्द
५. अव्ययीभाव
६. बहुव्रीहि

1 तत्पुरुष(ले लाई बाट देखी द्धारा, को, मा)
जस्तैः
कन्यालाई दान: कन्यादान
भुकम्प ले पिडित : भुकम्प पिडित
पाहुनालाई घर: पाहुनाघर
सेवा बाट मुक्त : सेवा मुक्त
जन्मदेखि अन्ध : जन्मान्ध
विस्केटको जात्रा: विस्केट जात्रा
आफ्नो खुशी: आफूखुसी
रातमा अन्धो : रतन्धो
ध्यानमा मग्न: ध्यानमग्न



2 कर्मधार्य( जो जुन जस्तो )
" नाम र नाम, विशेषण र नाम, विशेषण र विशेषण, उपमान र
उपमेय, आरोय र आरोत्य शब्दको मेल हुने तथा मध्यपद लोप
भएर  हुने समास "
जस्तैः
नाम # नाम : भानिज # दाई – भान्दाइ
                        :केटी # मान्छे- केटीमान्छे
विशेषण # नाम : चल्ने # चित्र – चलचित्र
              : भलो # आद्मी – भलाद्मी
विशेषण # विशेषण : जेठो # बाठो: जेठोबाठो
                 :पढेको # लेखेको : पढेकोलेखेको
उपमान # उपमेय: प्राण जस्तो प्रिय: प्राणप्रिय
              मुसल जस्तो धरा: मुसलधारे
आरोप # आरोप्य : बिधा नै धन: बिधाधन
मध्यपद लोप: घरमा बस्ने ज्वाइँ: घरज्वाई
            पाटा भएको बाघ: पाटेबाघ

3दिगु समास( सङ्ख्या  )
सङख्यावाची विशेषण शब्दसंग नाम शब्दको मेल
भई समूह अर्थ बुझाउने समास
जस्तैः
दुई बाटाको समूह: दोबाटो
दुई मुहानको समूह: दोभान
दुई मनको समूह: दोमन
तीन कोणको समूह: त्रिकोण
चार भुजाको समूह: चतुर्भुज
पञ्च अङ्कको समूह: पञ्चाङ्ग
षट(६)कोणको समूह: षटकोट
सात कोशी को समूह: सप्तकोशी
आठ आनाको समुह: उठान्नी
अष्ट(आठ) ढळको समूह: अष्टढल
नौ(नव) दुर्गाको समूह: नवदुर्गा
दस अवतारको समूह : दशावतार
तेह्रवटा थुम्काको समूह: तेह्रथुम


4 अव्ययीभाव समास( हरेक दिन आजभोली  )
"अव्यय र अव्यय शव्द , अव्यय र अन्य शब्द तथा अन्य
अन्य शब्द (नाम, सर्वनाम, विशेषण) को अन्य शब्द संग मेल
भइ अव्यय नै बन्ने समास"
जस्तैः
अव्यय # अव्यय= आज # भोलि= आजभोलि
                                     पछि# तिर= पछितिर
                                      माथि # तिर= माथितिर
                                      पोहोर# परार= पोहोरपरार
अन्यशब्द # अन्यशब्द= साँझ# बिहान= साझबिहान
                                           रात# दिन= रातदिन
                                           यस्तो # उस्तो= यस्तोउस्तो
                                           यो # प्रकार= यसप्रकार
                                          त्यो # अर्थ= त्यसअर्थ


5  द्वन्द समास( दुई वा दुई भन्दा बढि
शब्दहरुका विचमा मेल भई ती सबै अर्थको
प्रधान-मुख्य हुने समास  )
जस्तै:
दाजु# भाइ= दाजुभाइ
दाल अनि भात= दालभात
धन # सम्पत्ति = धनसम्पत्ति
इष्ट# मित्र = इष्टमित्र
आवत र जावत= आवतजावत
दिदी वा बहिनी= दिदीबहिनी
दुई वा चार= दुइचार
पढ्नु # लेख्नु = पढ्नुलेख्नु
न छेउ न टुप्पो = छेउनटुप्पो
न काम न दाम= कामनदाम



6 बहुब्रिही  समास(   )
दुइ वा दुई भन्दा बढी शब्दहरुका बिचमा मेल भई अरु नै अर्थ मुख्य हुने
 जस्तै:
हात्तीको जस्तो पाइला छ जस्को: हात्तिपाइले
चन्द्र जस्तो मुख भएको: चन्द्रमुखी
लामो पुच्छर भएको: लामपुछ्रे
लम्ब छ उदर जस्को: लम्बोदर
दुई जिउ भएकी: दोजिया
नाक काटिइको; नकटो
बहुबिकल्प छन जस्का: बहुविकल्पी
चार तल्ला भएको : चारतल्ले
भ्रष्ट आचार भएको : भ्रष्टाचार

४) दित्व प्रकृया
"एउटै शब्द वा शब्दांशलाइ दोहोर्‍याएर
अर्को नयाँ शब्द बनाउने तरिका"
जस्तैः
घर#घर- घरघर
आफू # आफू -आफूआफू
राम्रा # राम्रा – राम्राराम्रा
छि:#छि:  - छि:छि
खोला # खोला – खोलाखोला
मुसु # मुसु -मुसुमुसु
सामान# सामान- सरसामान
तयार# तयार- तम्तयार



     "    सन्धि "
शब्द निर्माण र शब्द रुपायनका क्रममा
हुने ध्वनिबिकार लाई सन्धि भनिन्छ ।
जस्तै:
उपसर्ग # सन्धि: निस# छल= निश्छल
प्रत्यय # सन्धि: ग्राम # इन = ग्रामीण
समास # सन्धि: सुर्य # उदय= सुर्योदय
दित्व # सन्धि: गहना # गहना = गरगहना
रुपायन # सन्धि= जा # छ = जान्छ


2 comments:

  1. प्र.ना.नि. बस्नेत सर हुनुहुन्छ की ?

    ReplyDelete
  2. दशदानको समुहलाई के भनिन्छ।

    ReplyDelete

वंश, वंशाणु र क्रम विकास

    वंश , वंशाणु र क्रम विकास   क्रम विकास: पृथ्वीमा रहेका विभिन्न जीवहरू यही रूपमा उत्पत्ति भएका होइनन , यी जीवको विकास एकैपटक नभई ...