३) समास प्रकृया :
( दुई वा दुई भन्दा बढी स्वतन्त्र अर्थयुक्त शब्दहरू को मेल भई नँया शब्द निर्माण हुने प्रक्रिया )
६ प्रकार:
१. तत्पुरुष
२. कर्मधार्य
३. दिगु
४. द्वन्द
५. अव्ययीभाव
६. बहुव्रीहि
1 तत्पुरुष(ले लाई बाट देखी द्धारा, को, मा)
जस्तैः
कन्यालाई दान: कन्यादान
भुकम्प ले पिडित : भुकम्प पिडित
पाहुनालाई घर: पाहुनाघर
सेवा बाट मुक्त : सेवा मुक्त
जन्मदेखि अन्ध : जन्मान्ध
विस्केटको जात्रा: विस्केट जात्रा
आफ्नो खुशी: आफूखुसी
रातमा अन्धो : रतन्धो
ध्यानमा मग्न: ध्यानमग्न
2 कर्मधार्य( जो जुन जस्तो )
" नाम र नाम, विशेषण र नाम, विशेषण र विशेषण, उपमान र
उपमेय, आरोय र आरोत्य शब्दको मेल हुने तथा मध्यपद लोप
भएर हुने समास "
जस्तैः
नाम # नाम : भानिज # दाई – भान्दाइ
:केटी # मान्छे- केटीमान्छे
विशेषण # नाम : चल्ने # चित्र – चलचित्र
: भलो # आद्मी – भलाद्मी
विशेषण # विशेषण : जेठो # बाठो: जेठोबाठो
:पढेको # लेखेको : पढेकोलेखेको
उपमान # उपमेय: प्राण जस्तो प्रिय: प्राणप्रिय
मुसल जस्तो धरा: मुसलधारे
आरोप # आरोप्य : बिधा नै धन: बिधाधन
मध्यपद लोप: घरमा बस्ने ज्वाइँ: घरज्वाई
पाटा भएको बाघ: पाटेबाघ
3दिगु समास( सङ्ख्या )
सङख्यावाची विशेषण शब्दसंग नाम शब्दको मेल
भई समूह अर्थ बुझाउने समास
जस्तैः
दुई बाटाको समूह: दोबाटो
दुई मुहानको समूह: दोभान
दुई मनको समूह: दोमन
तीन कोणको समूह: त्रिकोण
चार भुजाको समूह: चतुर्भुज
पञ्च अङ्कको समूह: पञ्चाङ्ग
षट(६)कोणको समूह: षटकोट
सात कोशी को समूह: सप्तकोशी
आठ आनाको समुह: उठान्नी
अष्ट(आठ) ढळको समूह: अष्टढल
नौ(नव) दुर्गाको समूह: नवदुर्गा
दस अवतारको समूह : दशावतार
तेह्रवटा थुम्काको समूह: तेह्रथुम
4 अव्ययीभाव समास( हरेक दिन आजभोली )
"अव्यय र अव्यय शव्द , अव्यय र अन्य शब्द तथा अन्य
अन्य शब्द (नाम, सर्वनाम, विशेषण) को अन्य शब्द संग मेल
भइ अव्यय नै बन्ने समास"
जस्तैः
अव्यय # अव्यय= आज # भोलि= आजभोलि
पछि# तिर= पछितिर
माथि # तिर= माथितिर
पोहोर# परार= पोहोरपरार
अन्यशब्द # अन्यशब्द= साँझ# बिहान= साझबिहान
रात# दिन= रातदिन
यस्तो # उस्तो= यस्तोउस्तो
यो # प्रकार= यसप्रकार
त्यो # अर्थ= त्यसअर्थ
5 द्वन्द समास( दुई वा दुई भन्दा बढि
शब्दहरुका विचमा मेल भई ती सबै अर्थको
प्रधान-मुख्य हुने समास )
जस्तै:
दाजु# भाइ= दाजुभाइ
दाल अनि भात= दालभात
धन # सम्पत्ति = धनसम्पत्ति
इष्ट# मित्र = इष्टमित्र
आवत र जावत= आवतजावत
दिदी वा बहिनी= दिदीबहिनी
दुई वा चार= दुइचार
पढ्नु # लेख्नु = पढ्नुलेख्नु
न छेउ न टुप्पो = छेउनटुप्पो
न काम न दाम= कामनदाम
6 बहुब्रिही समास( )
दुइ वा दुई भन्दा बढी शब्दहरुका बिचमा मेल भई अरु नै अर्थ मुख्य हुने
जस्तै:
हात्तीको जस्तो पाइला छ जस्को: हात्तिपाइले
चन्द्र जस्तो मुख भएको: चन्द्रमुखी
लामो पुच्छर भएको: लामपुछ्रे
लम्ब छ उदर जस्को: लम्बोदर
दुई जिउ भएकी: दोजिया
नाक काटिइको; नकटो
बहुबिकल्प छन जस्का: बहुविकल्पी
चार तल्ला भएको : चारतल्ले
भ्रष्ट आचार भएको : भ्रष्टाचार
४) दित्व प्रकृया
"एउटै शब्द वा शब्दांशलाइ दोहोर्याएर
अर्को नयाँ शब्द बनाउने तरिका"
जस्तैः
घर#घर- घरघर
आफू # आफू -आफूआफू
राम्रा # राम्रा – राम्राराम्रा
छि:#छि: - छि:छि
खोला # खोला – खोलाखोला
मुसु # मुसु -मुसुमुसु
सामान# सामान- सरसामान
तयार# तयार- तम्तयार
" सन्धि "
शब्द निर्माण र शब्द रुपायनका क्रममा
हुने ध्वनिबिकार लाई सन्धि भनिन्छ ।
जस्तै:
उपसर्ग # सन्धि: निस# छल= निश्छल
प्रत्यय # सन्धि: ग्राम # इन = ग्रामीण
समास # सन्धि: सुर्य # उदय= सुर्योदय
दित्व # सन्धि: गहना # गहना = गरगहना
रुपायन # सन्धि= जा # छ = जान्छ
Showing posts with label समास
समास के हो
समास प्रक्रिया. Show all posts
Showing posts with label समास
समास के हो
समास प्रक्रिया. Show all posts
Thursday, December 27, 2018
Subscribe to:
Posts (Atom)
How to attract money(Dr.joseph Murphy):Image Summary
How to attract money(Dr.joseph Murphy):Image Summary Principle Description 🧠 Subcon...
-
शब्दनिर्माण प्रमुख चार प्रकृया १ उपसर्ग २ प्रत्यय(परसर्ग) ३ समास ४ दित्व १) उपसर्ग(अगाडि जोडिन आउने) जस्तै: अभि # नेता : अभिनेत...
-
३) समास प्रकृया : ( दुई वा दुई भन्दा बढी स्वतन्त्र अर्थयुक्त शब्दहरू को मेल भई नँया शब्द निर्माण हुने प्रक्रिया ) ६ प्रकार: १. तत्पुर...
-
६) नामयोगी नाम सर्वनाम विशेषण जस्ता शब्दसंग जोडिएर/गासिएर आई तथा वाक्यमा प्रयुक्त क्रिया र अन्य पदसंग विभिन्न अर्थगत सम्बन्ध जनाउने । स...