Showing posts with label mentally disoder people. Show all posts
Showing posts with label mentally disoder people. Show all posts

Saturday, May 31, 2025

मानव र पशु


 मानवतामा धर्म छैन भने मानवता रहदैन । कुकुर चार खुट्टामा दौडिरहेको छ भने तपाईं चार चक्का मा गुडिरहनुभएको छ । केही पनि फरक छैन । कलियुगमा धर्म ,सत्यता , स्वच्छता , क्षमा , दया , आयु , बल र स्मृति जस्ता सद्गुणहरु न्यून हुँदै जान्छन। मानिसहरू दिन प्रतिदिन दुई खुट्टामा उभिएका नरपशु बनिरहेका छन ।

पशु भनेको स्मृति नहुनु हो । 

यहाँ "आत्म बिज्ञान" पुस्तकका मुख्य महत्वपूर्ण बुँदाहरू संक्षेपमा प्रस्तुत गरिएको छ:

  • कल्पनाको शक्ति
    पुस्तकले कल्पनालाई सिर्जनाको सुरुवात भन्छ। जे कुरा हामीले कल्पना गर्छौं, त्यो नै हाम्रो जीवनमा सिर्जना हुन सक्छ। जीवनका लक्ष्य र इच्छा प्राप्त गर्न कल्पनाको भूमिका महत्वपूर्ण छ।

  • श्वास र जीवनको अनुभूति
    श्वास चलिरहेसम्म मात्र जीवनको अनुभूति सम्भव छ। सास रोकिएपछि भावना, सपना, अनुभूति सबै हराउँछन्। जीवनको प्रत्येक पलको कदर गर्न पुस्तकले प्रेरित गर्छ।

  • सम्बन्ध र भावनात्मक उतारचढाव
    मानवीय सम्बन्धमा आउने उतारचढाव, प्रेम, विछोड, रिस, क्षमा, आशक्ति, र विछोडका भावनाहरू पुस्तकमा गहिरो रूपमा चित्रण गरिएको छ। स–साना कुरामा रिस, संवादको कमी, एकोहोरो माया जस्ता विषयहरू उल्लेख छन्।

  • आत्म–परीक्षण र आत्म–बोध
    पुस्तकले आत्म–परीक्षण गर्न, आफ्ना कमजोरी र बलियो पक्ष बुझ्न प्रेरित गर्छ। आफ्ना अनुभव, विगतका घटनाहरू, र वर्तमान अवस्थाको मूल्याङ्कन गर्न सिकाउँछ।

  • समाज, परिवार र कर्तव्य
    समाज, परिवार, जागिर, कर्तव्य र व्यक्तिगत चाहनाबीचको द्वन्द्वलाई पुस्तकले उजागर गरेको छ। पारिवारिक र सामाजिक जिम्मेवारीसँगै आत्म–सन्तुष्टिको खोजी गर्ने विषय उठाइएको छ।

  • वास्तविकता र स्वीकृति
    जीवनमा आउने अप्रत्याशित घटना, विछोड, धोका, असफलता, र पीडालाई स्वीकार्दै अगाडि बढ्न पुस्तकले सिकाउँछ। सबै कुरा सधैं सोचेजस्तो नहुन सक्छ भन्ने यथार्थबोध गराउँछ।

  • आशा र नयाँ सुरुवात
    दुःख, विछोड, असफलता आए पनि जीवनमा आशा र नयाँ सुरुवात सधैं सम्भव छ भन्ने सकारात्मक सन्देश पुस्तकले दिन्छ।

यी बुँदाहरू "आत्म बिज्ञान" पुस्तकको सार हुन्, जसले जीवनका विविध पक्ष, भावना, संघर्ष र आत्म–बोधको गहिरो अनुभूति दिन्छ।

Monday, March 11, 2019

सरकारले मानसिक रोगीको मासिक १८ हजारसम्म उपचार खर्च व्यहोर्ने

सरकारले मानसिक रोगीको मासिक १८ हजारसम्म उपचार खर्च व्यहोर्ने

काठमाडौँ — मानसिक समस्या भएका बिरामीहरुको उपचार तथा पुनर्स्थापनामा लाग्ने खर्च सरकारले व्यहोर्ने भएको छ । त्यस्ता बिरामीको उपचार तथा पुनर्स्थापना गर्ने अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई प्रति बिरामी मासिक १८ हजारसम्म उपलब्ध गराउनेगरी कार्यविधि ल्याएको छ ।

स्वास्थ्य मन्त्रालयले अघिल्लो हप्ता ल्याएको 'मानसिक रोगीहरुका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालनको लागि कार्यविधि, २०७५' ले मानसिक समस्या भएर उपचार नपाएका नागरिकहरुले उपचार तथा उनीहरुको पुनर्स्थापनाको गर्ने सुनिस्चितता गरेको हो । कार्यविधिमा कुनै पनि अस्पतालले मानसिक तथा मनोसामाजिक समस्या भएका बिरामी उपचार गरेवापत प्रति बिरामी दैनिक ६ सय रुपैया र पुनर्स्थापना केन्द्रले ५ सय रुपैयाँ पाउनेगरी कार्यविधि तय गरेको हो ।
 संविधानमा उल्लेखीत मौलीक हकलाई कार्यन्वयन गर्न बनेको जनस्वास्थ्य ऐन कार्यन्वयन स्वरुप कार्यविधि तयार भएको स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले जनाएको छ । संविधानको धारा ३६ मा आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने उल्लेखे छ । सोही धारा अन्तर्गत बनेको जनस्वास्थ्य ऐन २०७५ को दफा ३ उपदफा ४ (ङ)मा मानसिक रोग सम्बन्धी सेवालाई पनि निःशुल्क सेवाको रुपमा राखेकोले मौलीक हक अन्तर्गत बनेको कानुन कार्यन्वयनकोलागि यो कार्याविधि तयार गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहोनीको भनाइ छ । 'राज्यले स्वास्थ्यलाई मौलिक हककोरुपमा व्यवस्था गरेको हुदा मानसिक रोग भएकाहरुको उपचारकोलागि यो कार्यविधि बनाइएको हो,' डा लोहोनीले भने 'कोही पनि मानसिक रोगी उपचारबिहीन र संरक्षणबिहीन नहुन भनेर यो कार्यविधि ल्याइएको हो ।'
अस्पताल र पुनर्स्थापना केन्द्रमा नगएर घरमै उपचार गराउने बिरामीको हकमा मासिक ४ हजारसम्म उपलब्ध गराउने तोकिएको छ । तर सरकारले निःशुल्क उपलब्ध गराउने औषधि सेवन गर्नुपर्ने अवस्थामा यो लागू नहुने महानिर्देशक लोहोनी बताउँछन् । 'सरकारले निःशुल्क उपलब्ध गराउने भनिएका औषधि बाहेक अन्य औषधि सेवन गर्नुपर्ने भएमा मासिक ४ हजारसम्मको औषधि खर्च सरकारले उपलब्ध गराउने भनिएको हो,' उनी भन्छन् 'त्यस्तो औषधि खर्च पाउनको लागि उपचारमा संलग्न चिकित्सक र तोकिएका निकायबाट बिल भर्पाइ प्रमाणित गराएर ल्याउनुपर्छ ।' कार्यविधिले त्यस्ता विल भर्पाइ प्रमाणित गर्ने अधिकार उपचारमा संलग्न चिकित्सक र गैरसरकारी संस्था, निजी अस्पताल, पुनर्स्थापना गृह वा सम्बन्धीत स्थानीय तहलाई तोकेको छ ।
अस्पतालहरुमा उपचार गर्न आउने बिरामीको आधारमा करीव ३ लाख मानिसमा कडा खालको मानसिक समस्या रहेको मानसिक अस्पताल लगनखेलका प्रमुख कन्सल्टेन्ट डा अनन्त अधिकारी बताउँछन् । मानसिक समस्या भएका बिरामीकोलागि राज्यले ठोस दायीत्व निर्वाह गर्न नसकिरहेको अवस्थामा यो कार्यविधि सही रुपमा कार्यन्वयन भए मानसिक समस्या भएर बिरामी सडकमा बेवारीसे अवस्थामा आइनपुग्ने उनको भनाइ छ । 'कडा मानसिक समस्या भएर लामो समय सम्म निगरानीमा बस्नुपर्नेको अवस्था अहिले दर्दानक छ,' उनले भने, 'यो कार्यविधि कार्यन्वयन भए मानसिक रोगीहरुको धरै समस्या समाधान हुन्छ ।'
कार्यविधिमा मानसिक रोग भएका व्यक्तिहरुलाई उपचार गर्ने अस्पताल तथा पुनर्स्थापनाको मापदण्ड, अनुगमन संयन्त्र तथा पुनर्स्थापना कार्यविधि पनि स्पष्टसँग उल्लेख गरिएको छ । अस्पताल तथा पुनर्स्थापना केन्द्रमा उपचारत बिरामीको उपचारमा सुधार भएसँगै घर परिवारमा पुनर्स्थापना गर्ने वातावरण बनाउनुपर्ने उल्लेख छ ।
मानसिक समस्या भएका बिरामीहरुको उपचार तथा पुनर्स्थापनाको लागि कार्यविधि अन्तर्गत दर्ता हुने संस्था तथा अस्पतालहरुले सम्बन्धित स्थानीय तहलाई जानकारी गराउनुपर्ने छ । स्थानीय तहले पनि अनिवार्य रुपमा सञ्चालन गर्ने संस्थालाई सहयोगको लिखित प्रतिवद्धता जनाएको हुनुपर्ने उल्लेख छ । त्यसैगरी अस्पतालको हकमा मनोसामाजिक तथा मानसिक स्वास्थ्यको विश्लेषण तथा लेखाजोखा, आकास्मिक तथा बहिरंग सेवा, प्राथमिक उपचार सेवा हुनुपर्ने छ। अन्तरंग सेवा अन्तर्गत मनोचिकित्सकीय सेवा, मनोवैज्ञानीक सहयोग, औषधि उपचार सेवा, खान, लाउन तथा आवास सेवा अनिवार्य हुनुपर्ने उल्लेख छ । लामो समय सम्म पुनर्स्थापना केन्द्रमा राख्नुपर्ने भएमा त्यसकोलागि अस्पतालले सिफारीस गर्नुपर्ने उल्लेख छ ।
कार्यविधि अनुसार दर्ता हुने पुनर्स्थापना गृहको लागि पनि मनोसामाजिक तथा मानसिक स्वास्थ्य अवस्थाको विश्लेषण र लेखाजोखा, प्राथमिक उपचार सेवा उपलब्ध हुनुपर्ने भनिएको छ । अन्तरंग सेवामा मनोचिकित्सकीय सेवा, मनोवैज्ञानिक सहयोग, मनोपरामर्श सेवा, खान लाउन तथा आवस, जिविकोपार्जन सम्बन्धी तालिम, जीवन उपयोगी सीप, कानूनी सेवा तथा साहायता, परिवार तथा नातागोता खोजी गर्ने, अनुगमन तथा अभिलेख चुस्त राख्ने जस्ता सेवा अनिवार्य गरीएको छ ।

source: kantipur

How to attract money(Dr.joseph Murphy):Image Summary

  How to attract money(Dr.joseph Murphy):Image Summary Principle   Description 🧠   Subcon...