Thursday, December 27, 2018

नामयोगी - निपात


६) नामयोगी
नाम सर्वनाम विशेषण जस्ता शब्दसंग जोडिएर/गासिएर
आई तथा वाक्यमा प्रयुक्त क्रिया र अन्य पदसंग विभिन्न अर्थगत
सम्बन्ध जनाउने । स्वतन्त्र प्रयोग हुने शब्द नामयोगी हो ।
जस्तैः
किताब टेवलमाथि छ । आधार
दाजु एक बर्ष सम्म पढ्नु भयो । अवधि
कोठा भित्र जाडो छ । स्थान
प्रकार:
स्थान: माथि , मुनी, भित्र , बाहिर, नेर , समक्ष , अघि
समय: अघि पछि अगाडि पछाडि बर्यन्त
रिती: अनुसार, बमोजिम, अनुरुप , झै, जस्तै , मुताबिक
प्रयोजन: निम्ति , निमित्त , लागि, खातिर , कारण
दिशा: तिर, तर्फ, सामुन्ने , पट्टी
सहितार्थ: शीत, संग , साथ, समेत
रहितार्थ: बिना , बाहेक , वेगर, अतिरिक्त
परिमाण :भर, भरि , सकेजति
बिषय:बारे, उपर , प्रति, माथि
तुलना : भन्दा , जस्तै , झै
माध्यम :मार्फत



७) संयोजक
एक ठाउमा संयोजन गर्ने वा जोड्ने अनि, र, किनभने, तापनि,
तर, अथवा , एवम् अत: यसकारण, त्यसैले, फलस्वरूप ।
जस्तैः "जब भाले बास्छ तब उज्यालो हुन्छ "



८) विस्मयादिबोधक
आश्चर्य, घृणा, पीडा, प्रशंसा, शोक आदि भावहरु बुझाउने
जस्तैः ओहो ! यो त कस्तो चटके रहेछ
      कस्तो दुर्गन्ध छि:
 एय्या ! दुख्यो ।
   स्यावास! राम्रो गरिस ।
कठै कस्तो भएछ ।
९ निमात( नि पो त खै रे )
-स्वतन्त्र अर्थ नभएका वाक्यमा प्रयोग भइ अझ
स्पष्ट  पार्ने –
जस्तै
यो काम म पो गर्न सक्छु ।
क्रमश:

No comments:

Post a Comment

वंश, वंशाणु र क्रम विकास

    वंश , वंशाणु र क्रम विकास   क्रम विकास: पृथ्वीमा रहेका विभिन्न जीवहरू यही रूपमा उत्पत्ति भएका होइनन , यी जीवको विकास एकैपटक नभई ...