विमा ऐन,
२०४९
लालमोहर र प्रकाशन मिति २०४९।९।२
संशोधन गर्ने ऐन
१. विमा (पहिलो संशोधन) ऐन,२०५२ २०५२।९।२०
२. विमा (दोस्रो संशोधन) ऐन,२०५८ २०५८।१०।१०
प्रमाणीकरण र प्रकाशन मिति
३. लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन
संशोधन गर्ने ऐन, २०६३ २०६३।७।१७
४. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन
संशोधन गर्ने ऐन, २०६६ २०६६।१०।७
५. लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक
हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२ २०७२।६।१४
६. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ २०७२।११।१३
२०४९ सालको ऐन नं. ४२…
विमा व्यवसायलाई व्यवस्थित तथा नियमित गर्न
बनेको ऐन
प्रस्तावना : विमा व्यवसायलाई व्यवस्थित, नियमित, विकसित
तथा नियन्त्रित गर्नको लागि विमा समितिकोस्थापना गर्न वान्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम
शाहदेवको शासनकालको एक्काइसौं वर्षमा संसदले यो ऐन बनाएको छ ।
परिच्छेद – १
प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम
“विमा ऐन,
२०४९” रहेको
छ ।
(२)
यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि प्रारम्भ
हुनेछ ।
२. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ
नलागेमा यस ऐनमाः–
(क)
‘‘समिति’’
भन्नाले दफा ३ बमोजिम गठन
भएको विमा समिति सम्झनु पर्छ ।
(ख)
‘‘अध्यक्ष’’
भन्नाले समितिको अध्यक्ष
सम्झनु पर्छ ।
(ग)
‘‘सदस्य’’
भन्नाले समितिको सदस्य
सम्झनु पर्छ र सो शव्दले समितिको अध्यक्षलाई समेत जनाउंछ ।
(घ)
‘‘बीमक’’
भन्नाले दफा १० बमोजिम दर्ता
भएको संगठित संस्था सम्झनु पर्छ र सो शव्दले पुनर्बीमकलाई समेत जनाउँछ ।
(ङ)
‘‘विमा व्यवसाय’’ भन्नाले
जीवन विमा व्यवसाय वा निर्जीवन विमा व्यवसाय संझनु पर्छ र सो शव्दले पुनर्बीमालाई
समेत जनाउँछ ।
(च)
जीवन विमा व्यवसाय भन्नाले कुनै व्यक्तिको जीवन संबन्धमा निजको आयुको आधारमा
किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा
निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार संबन्धी व्यवसाय संझनु पर्छ ।
(छ)
‘‘निर्जीवन विमा व्यवसाय’’ भन्नाले
जीवन विमा व्यवसाय बाहेक अन्य विमा व्यवसाय सम्झनु पर्छ ।
(ज)
‘‘पुनर्बीमा व्यवसाय’’ भन्नाले
बीमकले जोखिम धारण गर्ने अंश भन्दा बढी अंशको पुनः विमा गर्ने व्यवसाय सम्झनु पर्छ
।
(झ)
‘‘विमा लेख’’ भन्नाले
विमाको करारनामा संबन्धी अधिकार तथा दायित्व उल्लेख भएको लिखत सम्झनु पर्छ ।
(ञ) ‘‘विमांङ्की’’ भन्नाले
विमा व्यवसायमा भएको दायित्वको निर्धारण तथा गणना गर्नको लागि बीमकद्वारा नियुक्त
गरिएको तोकिए बमोजिमको योग्यता भएको व्यक्ति सम्झनु पर्छ ।
(ट)
‘‘बीमित’’
भन्नाले जीवन विमा तथा
निर्जीवन विमा गराउने व्यक्ति वा संस्था सम्झनु पर्छ ।
(ठ)
‘‘विमा अभिकर्ता’’ भन्नाले
बीमकको तलबी कर्मचारी नभई कमिशनको आधारमा बीमकको तर्पबाट काम गर्ने दफा ३० बमोजिम
इजाजतपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ ।
(ड)
‘‘सर्भेयर’’
भन्नाले क्षतिग्रस्त
संपत्तिको आर्थिक मूल्यांकन गर्ने दफा ३०क बमोजिम इजाजत प्राप्त व्यक्ति सम्झनु
पर्छ र सो शव्दले एडजस्टर र नोक्सानी मूल्यांकन गर्नेलाई समेत जनाउंछ ।
(ड१)
‘‘दलाल’’
भन्नाले विमा व्यवसाय
संबन्धमा बीमक बीमक बीच माध्यमको रुपमा काम गर्न दफा ३०ख बमोजिम इजाजतपत्र प्राप्त
व्यक्ति सम्झनु पर्छ ।
(ढ)
‘‘लेखा परिक्षक’’ भन्नाले
प्रचलित कानून बमोजिम लेखा परीक्षण गर्न प्रमाणपत्र प्राप्त लेखा परिक्षक सम्झनु
पर्छ ।
(ण)
‘‘आर्थिक वर्ष’’ भन्नाले
प्रत्येक वर्षको श्रावण महिनाको १ गतेदेखि आषाढ महिनाको मसान्तसम्मको अवधि सम्झनु
पर्छ ।
(त)
‘‘तोकिएको’’
वा ‘‘तोकिए
बमोजिम’’ भन्नाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम
वा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
परिच्छेद – २
समितिको गठन र व्यवस्था
३. समितिको गठनः (१) विमा व्यवसायलाई
व्यवस्थित, नियमित,
विकसित तथा नियन्त्रित
गर्नको लागि विमा समितिको गठन
गरिनेछ ।
(२)
उपदफा (१) बमोजिमको समितिमा देहायका सदस्यहरु रहने छन्ः–
(क)
नेपाल सरकारले नियुक्त गरेको वा तोकेको व्यक्ति –अध्यक्ष
(ख)
प्रतिनिधि, कानून,
न्याय तथा संसदीय व्यवस्था
मन्त्रालय –सदस्य
(ग)
प्रतिनिधि, अर्थ मन्त्रालय–सदस्य
(घ)
विमा व्यवसायमा विशेष ज्ञान भएका व्यक्तिहरु मध्येबाट नेपाल सरकारले मनोनित गरेको एक जना व्यक्ति–सदस्य
(ङ)
बीमितहरु मध्येबाट नेपाल सरकारले मनोनीत गरेको एकजना व्यक्ति – सदस्य
(३)
समितिले तोकेको कुनै कर्मचारीले समितिको सचिवको काम गर्नेछ ।
(४)
नेपाल सरकारले आवश्यक ठानेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी समितिको सदस्यहरु
हेरफेर गर्न सक्नेछ ।
(५)
समितिले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञलाई पर्यवेक्षकको रुपमा
समितिको बैठकमा उपस्थित हुन आमन्त्रित गर्न सक्नेछ ।
(६)
समितिका मनोनित सदस्यहरुको पदावधि चार वर्षको हुनेछ । पदावधि समाप्त भएपछि निजहरु
दुई पटकसम्म पुनः मनोनित हुन सक्नेछन् ।
(७)
समितिको प्रधान कार्यालय काठमाण्डौ उपत्यकामा रहनेछ ।
४. समिति स्वशासित संस्था हुनेः
(१)
समिति अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ ।
(२)
समितिको काम कारवाहीको निमित्त आफ्नो एउटा छुटै छाप हुनेछ ।
(३)
समितिले व्यक्ति सरह चल–अचल संपत्ति प्राप्त गर्न, बेचबिखन
गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४)
समितिले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजूर गर्न र समिति उपर पनि सोहीनामबाट
नालिस उजूर लाग्न सक्नेछ ।
५. समितिको बैठक र निर्णयः (१) समितिको बैठक
अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२)
समितिको बैठक तीन महिनामा दुई पटकमा नघटाई वर्षको कम्तीमा आठ पटक बस्नेछ ।
(३)
समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा सदस्यहरुले
आपूमध्येबाट छानेको व्यक्तिले बैठकको अध्यक्षता गर्नेछ ।
(४)
समितिको कुल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरु उपस्थित भएमा समितिको बैठकको
लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(५)
समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने
व्यक्तिले निर्णयक मत दिन सक्नेछ ।
(६)
समितिको निर्णय सचिवद्वारा प्रमाणित गरिनेछ ।
(७)
समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
४८. खारेजी र बचाउः (१) विमा ऐन, २०२५
खारेज गरिएको छ ।
(२)
यो ऐन लागु हुनु अघि भए गरेका काम कारवाहीहरु यसै ऐन बमोजिम भए गरेका मानिने छन् ।