Saturday, October 13, 2018

लघुकथा(हारेको सिपाहि)


हारेको सिपाही

उ आफैमा हराउदै गईरहेको छ । दोलखाको जाडोमा १ बर्ष चिसिएको मन र आत्मा ।बैसाखमा पनि जाडोले आत्मा सुतिरहेछ उस्को । तर उ प्रयासरत छ । आफ्नो बाटो सहि हुनुपर्छ भन्ने मान्यता राख्दछ उस्ले । नया बर्ष सँगै नया जन्मदिन मनायो उस्ले । घर नगएको पनि ५ महिना भएछ उस्को। आचारसहिता लागे पनि ४-५ दिन घर जाने सोच बनायो उस्ले । सधैजसो नित्य कर्म पछि बर्दी लगायो उस्ले । ऐनामा फुल्दै गरेका सेता कपालहरू थिए । कार्यालय म्यादीमय चुनाबमय भएको थियो । तोरीको तेलले सेता कपाल छोपन्सकिन्छ भन्ने भ्रममा छ उ । कतिको सफल हुनसकिन्छ भन्ने सोच्दछ तर जति सफल हुने प्रयास गर्दछ । त्यतिनै लड्छ उ । उस्मा अब आसहरु मात्र बाकी थिए । त्यहि आसमा उस्ले माथिल्लो हाकिमलाई जय नेपाल ठोक्यो  । हाकिमले उस्का आसहरुलाई दुईचार वटा सहानुभुतिका शब्दहरुले सहर्ष नकारिदिए । बिहे नगरेको केटो किन जान पर्यो घर ।त्यहि दिन दोलखा मकैबारीमा उस्को भाईलाई लाईसेन्स बिना बाईक चलाएको भनि समातिदियो । भाईले केहि आस गरेर उस्लाई फोन लगाएको । घर जान नपाएर छटपट्टि रहेको उस्को भाईलाई ट्राफिकले समातेछ । चेकिङको ट्राफिकको नम्बर पत्ता लगाएर उस्ले फोन घुमायो । फुटबल खेलाडी भाईको म्याच रहेछ टुडिखेलमा। आफ्नो खेल छुट्यो अहिले त हाफ भईसक्यो होला भनेर उस्को भाईले याचना गर्दै उस्लाई फोन गर्यो । एकै दिन उस्ले पटक पटक हारेको महशुस गर्यो । ५ बर्ष जागिरमा यस्तो हार कैयौ पटक देखिसकेको छ उस्ले । कहिले उ आफ्नै बेष्ट फ्रेण्डको बर्थडेमा जान पाउदैन कहिले आफ्नै बहिनीको भाई टिकामा कैयौ पटक हारि सकेको छ उस्ले । चैते दशै , न्यु ईयर , माघेसंक्रानति दसै तिहार कहिले पर्छ डिउटीहरुमा के हुन्छ  भन्ने राम्रो संग थाहा छ उस्लाई तर उ हरेक चाडपर्वमा हारेको हरेक आफन्तका पुकारमा हारेर  निरस देखिन्छ ।क्यान्टिनमा गएर चुरोट किन्यो र ब्यारेकमा आएर सङ्गि संग धुवा संगै घर जान नपाएकोमा सर्को तान्यो। कानुनका अक्षरहरुले  बाधेको  रहेछ भन्दै चुरोटको ठुटो निभायो उस्ले ।प्रत्येक सर्कोमा हार्यो प्रत्यक धुवा सगै हरायो ।

No comments:

Post a Comment

वंश, वंशाणु र क्रम विकास

    वंश , वंशाणु र क्रम विकास   क्रम विकास: पृथ्वीमा रहेका विभिन्न जीवहरू यही रूपमा उत्पत्ति भएका होइनन , यी जीवको विकास एकैपटक नभई ...