अहिले हामी डिजिटल युगमा छौ । श्रव्यदृश्य सामाग्री हेर्न रुची राख्छौ । हामीसँग अहिले मनोरञ्जनका अनेकन विकल्प पनि छन् । त्यसमाथि फेसबुक, ट्वीटर, इन्स्टाग्राम आदिमा अलमलिएका छन् । भिडियो गेम, फिल्म जस्ता उपलब्ध सुविधाले हाम्रो पठन संस्कृति भने विथोल्दैछ ।
यस्तो पृष्टभूमीमा तपाईंलाई पुस्तक पढ्नुपर्छ भन्यो भने ‘हाइ काड्न’
थाल्नुहुन्छ । अझ जीवन-दर्शनका पुस्तकका प्रसंग उप्काएमा त मुन्टो बटार्नु
हुन्छ । धर्मशास्त्र, जीवन दर्शनका गहन पुस्तकप्रति तपाईं पटक्कै चासो
राख्नुहुन्न । किनभने यी पुस्तक तपाईंलाई अनावश्यक र बेकारको लाग्न सक्छ ।
तपाईं्लाई आफ्नो जीवनको उपलब्धीसँग यी पुस्तकको कुनै नाता छैन भन्ने लाग्छ ।
जबकी यी पुस्तकको अध्ययनले तपाईंको चेतनाको स्तर, बुझाईको स्तर थप उन्नत
बनाइदिन्छ । जीवन र जगतलाई हेर्ने तपाईंको दृष्टिकोण परिवर्तन गराइदिन्छ ।
श्रीमद्भागवत गीता, जो पढ्नैपर्ने पूर्वीय दर्शन हो । यसबाट तपाईंले
जीवनको सार फेला पार्नुहुनेछ । आज हामी किन दुखी छौ ? आज हामी किन
तनावग्रस्त छौ ? आज हामी किन भ्रष्ट छौ ? आज हामी किन विचलित छौ ? आज हामी
किन विभाजित छौ ? आज हामी किन पीडामा छौ ?
किनभन हामीले जीवन बुझेका छैनौ । जीवनको सत्य बुझेका छैनौ । अनुभूत
गरेका छैनौ । श्रीमद्भागवत गीताले हामीलाई यस्तै उल्झनबाट उम्कने बाटो
बताइदिन्छ । अतः यहाँ श्रीमद्भागवत गीतामा समावेश केही भनाईहरु प्रस्तुत
गरिएको छ, जसले तपाईंको सोंच बदल्न सक्छ ।
१. यस नश्वर शरीरको मोह त्याग्नुपर्छ । शरीर छुट्नु पनि लुगा बदल्नु जस्तै भएकाले विवेकवान व्यक्तिले यसमा कुनै शोक गर्दैन ।
२. जसरी ज्ञानी पुरुषले कुनै अपेक्षा राख्दैन । तिमी पनि फलको आसक्ति
त्यागेर आफ्नो कर्तव्य कर्मम सधैँ गर । आसक्ति छाडेर कर्म गर्ने मनुष्यलाई
परमगति प्राप्त हुन्छ ।
३. वस्तुहरुको साथमा सम्पर्कका कारण चिसो र तातो, सुख र दुःख उत्पन्न
हुन्छ । तिनीहरु आउँछन्, जान्छन् । सधैँको लागि रहँदैनन् । तिनलाई सहन गर्न
सिक ।
४. जो आफ्नो बुमिा राम्रोसँग स्थित भइसकेको छ, उसले राम्रो र नराम्रो
दुबै प्रकारको कर्मलाई यहीँ छाडिदिन्छ । त्यसैले तिमी योगमा जुट । योग सबै
कामहरुलाई कुशलतापूर्वक गर्नुको नाम हो ।
५. जो मानिस योग्यताअनुरा आहार र विहार गर्ने खालको छ, जसले कर्मको
आचारणलाई उचित रुपमा गर्छ तथा जसनको निद्रा र जागरण नियमित छ, उसमा एउटा
यस्तो अनुशासन आउँछ, जसले सबै दुःखहरु नष्ट गरिदिन्छ ।
६. मनुष्यले आफैले आफ्नो उद्वार गर्नुपर्छ । आफुलाई अद्योगतिमा
हाल्नुहुँदैन । अर्थात आफ्नो पतन हुन दिनुहुँदैन । मनुष्य आफै नै आफ्नो
सहायक हो । आफै नै आफ्नो सत्रु पनि हो ।
७. असंयम व्यक्तिमा बुद्धि हुँदैन । असंयम व्यक्तिमा एकाग्राताको शक्ति
पनि हुँदैन । जसमा एकाग्रता हुँदैन, उसलाई शान्ति प्राप्त पनि हुँदैन ।
जसलाई शान्ति मिल्दैन उसलाई सुख कहाँबाट मिल्छ ?
८. जब कुनै मुनष्यले आफ्नो मनमा इन्दि्रयका विषयहरुको ध्यान गर्छ तब
उसको मनमा तीप्रति अनुराग उत्पन्न हुन्छ । अनुरागबाट इच्छा उत्पन्न हुन्छ ।
इच्छाबाट क्रोध उत्पन्न हुन्छ ।
९. क्रोधबाट मूढता उत्पन्न हुन्छ । मूढताको कारण स्मृति नष्ट हुन्छ ।
स्मृति नष्ट भएमा बुद्धिको नाश हुन्छ । बुद्धिको नाशबाट व्यक्ति नै नष्ट
हुन्छ ।
१०. ज्ञानको कमीले अश्रद्धा उत्पन्न हुन्छ । जसबाट संशय वा द्विविधा
उत्पन्न हुन्छ । जसको कारण उसको पतन हुन्छ । पतन भएको व्यक्तिले सुख
प्राप्त गर्न सक्दैन ।
११. जो अभिमान र मोहबाट मुक्त छन् । जसले नराम्रा आसक्तिलाई जितेका छन् ।
जसका सबै इच्छाहरु शान्त भएका छन् । जो सधै परमात्माको भक्तिमा
लागिरहन्छन् । जो सुख र दुःखको द्वन्द्वबाट मुक्त भएका छन् र मूढतारहित
भएका छन्, उनीहरुले त्यस शाश्वत दशालाई प्राप्त गर्छन् ।
स्रोत:online khabar
No comments:
Post a Comment