Thursday, December 27, 2018

वाक्यांश सश्लेषण

वाक्यांश सश्लेषण
" दुई वा दुई भन्दा बढि वाक्यहरुलाइ जोडेर एउटा
बनाउने प्रक्रिया "
१ सरल वाक्य संश्लेषण
- एउटा मात्र उदेश्य(कर्ता) र एउटा मात्र विधेयक(समापक क्रिया)
- सरल वाक्यमा संयोजक को प्रयोग हुदैन।
जस्तैः
१) धेरै उकालो हिडियो ।
२) खुट्टा दु्ख्यो ।
----धेरै उकालो हिड्दा खुट्टा दुख्यो ।(सरल)
२ मिश्र वाक्य संश्लेषण
- सापेक्ष संयोजकले जोडेको( जब जब , तवतब, जहाँ त्याहा)
जतिखेर , भनी, भनेर , भन्ने , के भने)
सापेक्ष संयोजक : जे जुन जो जस्तो जहाँ जसरी
जता जत्रो जति जसो )
जस्तैः
१) जाडो हुन्छ ।
२) हिउँ पर्छ ।
---- जब हिउँ पर्छ तब जाडो हुन्छ ।

३ संयुक्त वाक्य संश्लेषण
- निरपक्ष संयोजक( र, अनि , त्यसैले , किनकि,
किनभने,
तर, पनि , तथा , अथवा )
जस्तैः
१ म कलेज जान्छु ।
२ म किताब पढ्छु ।
---- म कलेज जान्छु र किताब पढ्छु ।

वाक्यांश संश्लेषण का तरिका



क संयोजक प्रयोग गरेर:
१ सापेक्ष संयोजक प्रयोग गरेर
(जब तब जे जुन जो जस्तो जहाँ जहिले
जता जत्रो जति जसो जतिखेर)
2निरपक्ष संयोजक प्रयोग गरेर
( किनकि किनभने त्यसैले तापनि अनि भने
तर वा र  तथा अथवा )
उदाहरण:
उज्यालो हुन्छ । घाम लाग्छ
---जब उज्यालो हुन्छ तब घाम लाग्छ।-सापेक्ष
----घाम लाग्छ अनि उज्यालो हुन्छ। - निरपेक्ष

ख समापक क्रियालाई असमापक क्रिया बनाएर:
जस्तैः
१ भाइ हास्छ । भाइ बोल्छ
------ भाइ हासेर बोल्छ –( समापक क्रिया हास्छ-हासेर)
२ म कलेज जान्छु । म पढ्छु
----- म कलेज गएर पढ्छु –(जान्छ- गएर)
----- म पढ्न कलेज जान्छु-(पढ्छु- पढ्न)
३ श्रीमती पढ्छे । श्रीमान रिसाँउछ
---- श्रीमती पढ्दा श्रीमान रिसाँउछ

ग) नामिकरण गरेर
वाक्य: बिहान डुल्नुपर्छ  । यो स्वास्थ्य का लागि राम्रो हुन्छ ।
संश्लेषण : बिहान डुल्नु स्वास्थ्यका लागि राम्रो हुन्छ ।
उस्ले हेर्यो । म लठ्ठ परे ।
---- उस्को हेराइले म लठ्ठ परे

  घ) विशेषणिकरण गरेर
" कुनै वाक्यलाई विशेषणको काम गर्ने गरि परिवर्तन गर्ने"
जस्तैः
१)भाइ पढ्यो। उ डाक्टर बन्यो।
---पढेको भाइ डाक्टर बन्यो ।
२)बाघ संग जुँगा छ । बाघ संग सबै
डराउछन् ।
----- जुगे वाघ संग सबै डराउछन ।


ङ) सहविन्यास गरेर

"अल्पविराम प्रयोग गरि संग सगै
राखेर एउटा वाक्य बनाउने"
जस्तै:
पानी पर्यो । असिना झर्यो । खेतबाली
नष्ट भयो ।
---  पानी पर्यो, असिना झर्‍यो , खेतीबाली
नष्ट भयो ।

च) सर्वनामिकरण गरेर
" दोहोरिएका शब्दहरुलाई सर्वनाममा बदल्ने"
वाक्य: आमाले थाल किन्नुभयो । आमाले थाल राम्ररी माझ्नुभयो ।
संश्लेषण : आमाले थाल किन्नुभयो र उहाँले त्यसलाई राम्ररी माझ्नुभयो ।
आमा; उहाँ थाल-त्यस

छ) पदपदावलीको लोप गरेर
" दोहोरिएका पद(शब्द) र पदावली मध्ये एउटालाई राखी अन्यलाई हटाउने"
जस्तैः
१) सुमनले  भात , रोरोटी, सबैलाइ  खान दियो।
सुमनले भात पकायो ।
सुमनले रोटि पकायो ।
संश्लेषण :  सुमनले भात, रोटी पकायो र सबैलाई खान दियो ।

ज पदक्रम परिवर्तन गरेर
" वाक्य र पद पदावलीलाइ
अघि र पछि राखेर संश्लेषण गर्ने"

जस्तैः
सबै धर्मको एउटै धारणा छ । त्यो हो "कसैलाई अन्याय गर्नुहुँदैन "
----- कसैलाइ अन्याय गर्नुहुँदैन भन्ने सबै धर्मको एउटै धारणा छ ।

No comments:

Post a Comment

वंश, वंशाणु र क्रम विकास

    वंश , वंशाणु र क्रम विकास   क्रम विकास: पृथ्वीमा रहेका विभिन्न जीवहरू यही रूपमा उत्पत्ति भएका होइनन , यी जीवको विकास एकैपटक नभई ...