वाच्य
वाच्य भनेको भनाइ हो।
वाक्यमा प्रयोग हुने कर्ता कर्म र क्रिया मध्ये कुन चाहिँ प्रमुख छ भनेर छुट्टाउने व्याकरणको तत्व वाच्य हो ।
३ प्रकार
१) कर्तृवाच्य(कर्ता प्रमुख हुने)
जस्तैः
भाइले बहिनीलाई पिट्यो
सबैले नाटक हेरे
२) कर्म वाच्य (सकर्मक क्रिया बाट मात्र )
(कर्म प्रमुख हुने)
जस्तैः
भाईद्वारा बहिनी पिटिइ।
सबैले नाटक हेरियो ।
३) भाव वाच्य
(क्रिया प्रमुख हुने)
(आफू, हामी , सबै)
जस्तैः
आफु त खुब हासियो ।
नाटक हेरिन्छ ।
यहि बसिन्छ ।
करण-अकरण
सकारात्मक अर्थ दिने क्रिया: करण
नकारात्मक अर्थ दिने क्रिया: अकरण
जस्तैः
गर्ला – नगर्ला
गरेछ- गरेनछ
गर्छ- गर्दैन
सधै- कहिल्यै
सबै- कोहि/ केहिपनि
जताततै -कतैपनि
असाध्यै -कत्तिपनि
उदाहरण:
म बिहान सधै डुल्छु
-म बिहान कहिल्यै डुल्दिन
हरी असाध्यै बोल्थो
- हरी कतिपनि बोल्दैनथ्यो
यहाँ निरन्तर आउनुहोस
- यहाँ कहिल्यै नआउनुहोस
बावु यता आइज
- बाबू यता नआइज
पृथ्वी घुम्छ(शाश्वत सत्य)-पृथ्वी नघुम्ने होइन ।
मरेपछि प्राण रहन्न- मरे पछि प्राण नरहने कुरा सत्य हो ।
कथन/ उक्ति
" कसैको भनाइ , कसैले व्यक्त गरेको उक्ति वा कथनलाई
अरु कसैले व्यक्त गर्ने ।"
प्रत्यक्ष कथन
" वक्ता वा लेखको भनाइ/ उक्ति जस्ताको त्यस्तै
राखेर व्यक्त गर्नु"
अप्रत्यक्ष कथन
वक्ता वा लेखकको भनाइ/उक्ति लाई आशय वा अर्थ यथावत रहने गरि भाषा शैलिमा व्यक्त गर्नु ।
जस्तैः
सिताले भनिन, " मलाई उपचार मन पर्दैन"-प्रत्यक्ष
-सिताले आफूलाई उपचार मन नपर्ने कुरा गरिन । -अप्रत्यक्ष
सन्तेले मानेलाइ भन्यो, " तिमी के काम गर्छौ?"
- सन्तेले मानेलाइ के काम गर्छौ भनी सोध्यो ।
बुवाले भाईलाइ भन्नुभयो, " तिमी तरकारी किन"
- बुवाले भाइलाइ तरकारी किन्न आदेश दिनुभयो।
बाढी पिडितले भने , " सरकारले हामीलाई राहत दिन्छ"
-बाढि पिडितले आफुहरुलाइ राहत दिन अनुरोध/आग्रह गरे ।
आमा भन्नुहुन्छ , " छोराछोरी ले उन्नती गरून्"
- छोराछोरी ले उन्न्ती गरून् भन्ने आमाको इच्छा छ।
मौसमले भन्यो, " भोलि पानी पर्ला।"
-मौसमले भोलि पानी पर्न सक्ने कुरा बतायो ।
उसले भन्यो, " बजार गए भने पत्रिका ल्याउछु"।
-उसले बजार गए पत्रिका ल्याउने कुरा बतायो ।
लिङ्ग, वचन , पुरुष
लिङ्ग : भाले र पोथी बुझाउने
1 पुलिङग-
सानो भाइ रोयो ।
गोरु हिड्यो।
2 स्त्रीलिङ्ग
सानी बहिनी रोइ ।
गाई हिड्यो ।
वचन: एक वा एक भन्दा बढि सङ्ख्या बुझाउने
1 एकवचन
-रुख काटियो ।
-छोरी धेरै पढ्थी
2 बहुवचन
-रुखहरु काटिए।
-छोरीहरु पढ्थे ।
पुरुष- वक्ता , श्रोता र अन्य व्यक्ति
जनाउने
1 प्रथम (म हामी)
2दितिय( त तिमी तपाईं)
3 तृतिय (उ उनी त्यो यो उनीहरु तिनीहरु)
Subscribe to:
Post Comments (Atom)
वंश, वंशाणु र क्रम विकास
वंश , वंशाणु र क्रम विकास क्रम विकास: पृथ्वीमा रहेका विभिन्न जीवहरू यही रूपमा उत्पत्ति भएका होइनन , यी जीवको विकास एकैपटक नभई ...

-
शब्दनिर्माण प्रमुख चार प्रकृया १ उपसर्ग २ प्रत्यय(परसर्ग) ३ समास ४ दित्व १) उपसर्ग(अगाडि जोडिन आउने) जस्तै: अभि # नेता : अभिनेत...
-
३) समास प्रकृया : ( दुई वा दुई भन्दा बढी स्वतन्त्र अर्थयुक्त शब्दहरू को मेल भई नँया शब्द निर्माण हुने प्रक्रिया ) ६ प्रकार: १. तत्पुर...
-
६) नामयोगी नाम सर्वनाम विशेषण जस्ता शब्दसंग जोडिएर/गासिएर आई तथा वाक्यमा प्रयुक्त क्रिया र अन्य पदसंग विभिन्न अर्थगत सम्बन्ध जनाउने । स...
Nirmala ramrai nachin bhav wachya
ReplyDelete