Thursday, December 27, 2018

नेपाली व्याकरण

नेपाली व्याकरण
१। शब्द
स्रोत बनोट कार्य
१.स्रोतको आधारमा
क) मौलिक
अ तत्सम संस्कृत बाट त्यस्तै
उदाहरण : बिचार  दक्ष भाषा
आ तत्भव संस्कृत बाट परिवर्तन
उदाहरण : गाई काम बुढो
इ देशज नेपाली जनबोलि
उदाहरण: सुटुक्क कुटुक्क फनफनी
ख) आगन्तुक
अ स्वदेशी
उदाहरण : पसल पटाका ढाट
आ विदेशी
उदाहरण : चाउचाउ चक्कु पुलिस बैक

२. बनोटको आधारमा
1 अव्युत्पन्न
"छुट्टै अर्थ राख्ने भाषिक ईकाइ"
उदाहरण : राम माटो चस्मा कपाल मान्छे रुख
2 व्युत्पन्न
"दुई  वा दुई भन्दा बढि भाषिक इकाइहरु गासिँएर बनेका"
उदाहरण:
मुलतः उपसर्ग प्रत्यय समास दित्व प्रक्रिया वाट व्युत्पन्न
शब्द बन्छ
परा # जय = पराजय


३ कार्यको आधारमा
१) नामपद( के को)
( व्यक्ति , जाती,  समूह ,द्रव्य , भाव)
२) सर्वनाम
१) पुरुष वाचक
अ। प्रथम : म हामी
आ। दितिय : त
इ। तृतीय : उ
२) दर्शक सर्वनाम: नजिक वा टाढा का कुनै व्यक्ति बस्तु ठाउँ
वा धारणा लाई तोकेर देखाउने जस्तैः यो यिनी त्यो तिनी
३) सम्बन्ध वाचक: निश्चित अनिश्चित व्यक्ति संगको सम्बन्ध
जस्तैः जो जे जुन जुनसुकै जेसुकै
४) प्रश्न वाचक: व्यक्ति वा वस्तु बारे प्रश्न सोध्न प्रयोग हुने
जस्तैः के कुन को केके कुनकुन कुनै
५) आत्मवाचक: आफू स्वयम् आफै
६) पारस्परिक : एक अर्को एक आपस आआफू


३) विशेषण: कस्तो कत्रो कति कुन कसको कसरी केको
प्रश्नको उत्तर
बिशेषण का प्रकार
१ गुण बोधक
गुण: असल मिहिनेती मीठो
दोष: खराब अल्क्षी भडुवा
अवस्था : बूढो रोगी धनी गहिरो
आकार: ठूलो सानो लामो
रङ: हरियो रातो निलो
सवाद: पिरो टर्रो अमिलो
क्रियार्थ(कृदन्त): पढेको हास्ने बुझ्ने जान्ने

२ सम्बन्ध बोधक
स्थान : भक्तपुरे दोलखाली नेपाली
समय: बार्षिक दैनिक प्राथमिक
बस्तु: हाते काठे किताबी
भाव: वैचारिक धार्मिक नैतिक

३ परिमाण बोधक
मात्रा : ( धेरै सबै प्रशस्त  पूरा सम्पूर्ण )
४ संख्या बोधक
निश्चित संख्या : एक दुई पचास सय हजार लाख
अनिश्चित संख्या : सयौं हजारौं लाखौ दुइचार
क्रम : पहिलो दोस्रो पचासौं
आवृति: एकोहोरो दोब्बर एकसरो
अंश: साढे पौने डेढ आधा
५ सार्वनामिक बिशेषण : विशेषण का रुपमा प्रयोग हुने
सर्वनाम जस्तैः त्यो केटो घर गयो

६  भेदक विशेषण जस्तैः कोका कि रो रा री ने ना नी
षष्ठि विभक्ति लागि बनेका
काठको दराज, आफ्नो भाइ ,आजको कुरा

७  तुलनात्मक विशेषण
दुई वा दुई भन्दा बढिका बिचमा तुलना
जस्तैः छोरोभन्दा सबभन्दा उनी जतिकै



४) क्रिया
वाक्यमा कार्य , घटना, स्थिति वा अवस्था र प्रकृया
बुझाउनका लागि  साथै वाक्य समापन गर्ने
क्रियाको प्रकार
१ समापकताको आधारमा
अ समापक
"वाक्य समापन गर्ने वाक्य को भनाइ पूरा गर्ने"
जस्तैः लगाइदिनुभयो लेख्दै छ समात्यो
आ असमापक
"वाक्य समापन गर्न नसक्ने "
जस्तैः ( ने नु एको तै दै ई एर ता दा न जस्ता
धातुहरु लागेर बन्ने ) डुल्नु हास्ने उठाउन

२ संयुक्ताका आधारमा
अ सरल
"एउटा मात्र धातु बाट बनेको"
जस्तैः सोनिया बिहानै उठी(उठ्)
आ संयुक्त
दुई वा दुई भन्दा बढी धातु मिलेर  बनेको
जस्तैः उ अघिनै गईसक्यो(जा # सक्)
             त यहि बसिराख(बस् , राख्)
      उहाले भनी दिई सक्नुभएको थियो ।


३ अर्थ प्रधानका आधारमा
" संयुक्त क्रियामा भएको धातुको "
अ मुख्य अर्थ
आ सहायक अर्थ
जस्तैः  तिमी यही बसिराख
बसि# राख
बसि- मुख्य राख- सहायक

४ कर्मकर्ताका आधारमा
अ. अकर्मक (कर्म नलिने)
कर्ता र क्रियाको बिचमा के र कसलाइ भनी प्रश्न गर्दा
त्यसको उत्तर आउदैन ।
-जनता जागे।
-चरा उड्यो ।

आ. सकर्मक (कर्म लिने)
कर्ता र क्रियाको बिचमा के र कसलाइ भनी प्रश्न गर्दा
 त्यसको उत्तर आउछ ।
1 एकमर्क जस्तैः एक कर्म
कालाकार चित्र बनाउदैछन । के?= चित्र
केटीले केटालाई हेरी । कसलाई ?= केटा
2 दिकर्मक जस्तैः २ कर्म
म तिमीलाइ किताब दिन्छु। के? =किताब

इ. पुरकापेक्षी
अकर्मक(कर्ता) र सकर्मक(कर्म) को काम पूरा गर्ने
जस्तैः तिमी (राम्रा , हसिला , खुशी ) देखिन्छौ ।


५ व्युत्पन्नका आधारमा
अ. अव्युत्पन्न
(प्रत्यय नलागेका धातु बाट बनेको)
जस्तैः हास्नु उक्लनु
आ. व्युत्पन्न
         ( धातुमा आउ याउ ई प्रत्यय लागेका)
जस्तैः हसायो उमाल्यो हसाउनु मझाउनु





५) क्रियाविशेषण
"वाक्यमा क्रियापदको विशेषण तथा
परिवेश (ठाउँ, समय, उदेश्य , आदि) जनाउन
आउने शब्द लाई क्रियाविशेषण भनिन्छ "
जस्तैः सन्ध्या विदेश गई ।
        सुकन्या ज्यादै घुर्छिन ।
       दिव्या भोलि बजार जान्छिन ।
     उ त हासेर बोल्थ्यो ।
      म कलेजमा पढन जान्छु ।
क्रमश:


No comments:

Post a Comment

वंश, वंशाणु र क्रम विकास

    वंश , वंशाणु र क्रम विकास   क्रम विकास: पृथ्वीमा रहेका विभिन्न जीवहरू यही रूपमा उत्पत्ति भएका होइनन , यी जीवको विकास एकैपटक नभई ...